सुदूरपश्चिममा २ सय २६ जनाको स्वाब परीक्षणमा दुई जनामा कोरोना पुष्टि
 
corona

पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा थप दुई जनामा कोरोना पुष्टि भएको छ। डडेल्धुरा अस्पतालको प्रयोगशालामा जडान गरिएको आरटीपीसीर मेसिनमा थ्रोट स्वाबको नमूना परीक्षण गर्दा दुई जनाको कोरोना रिपोर्ट पोजेटिभ देखाएको हो।

कूल २ सय २६ जनाको स्वाब परीक्षण गरिएकोमा २ जनाको रिपोर्ट पोजेटिभ र २ सय २४ जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका ल्याब ईन्चार्ज इश्वरी भुषालले जानकारी दिए।

उनका अनुसार डडेल्धुराको अमगरगढी नगरपालिका – ६ की २३ वर्षीया महिला र बझाङको जयपुथ्वी नगरपालिका –५ का १८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। 

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ८१ पुगेको छ।