
पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा थप दुई जनामा कोरोना पुष्टि भएको छ। कूल ३ सय ५२ जनाको स्वाब परीक्षण गरिएकोमा २ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालका ल्याब ईन्चार्ज इश्वरी भुषालले जानकारी दिए।

उनका अनुसार डोटीका दिपायल सिलगढी नगरपालिकका एक पुरुष र बैतडीको सिगास गाउँपालिकाका एक पुरुषमा कोरोना पुष्टि भएको हो।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ६१ पुगेको छ।
