
धनगढीमा दारी ग्याङ र ग्रिन क्लीनले संयुक्त रूपमा वृक्षारोपण गरेका छन् । बुधवार धनगढीका युवा सम्मीलित दुवै समूहका सदस्यले धनगढीको भैरवकाली मन्दिर परिसमा वृक्षारोपण गरेका हुन् ।

धनगढी उपमहानगरपालिका जाई मटेरी वडा नम्बर ६ स्थित मन्दिरमा दारी ग्याङ र ग्रिन क्लीनका सदस्यले संयुक्त रूपमा ५० बढी बिरुवा रोपेको दारी ग्याङका भरत जोशीले बताए ।
