
सुदुरपश्चिम सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन बनाएको विधेयक छलफल विनै पारित भएको छ । त्यसका विरुद्ध नेपाल प्रेस युनियन कैलालीले विरोध प्रदर्शन गरेको छ ।


एफएम रेडियो तथा टेलिभिजन प्रशारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बुधबार प्रदेश सभाबाट पारित भएपछि त्यसको विरोध गरेका हुन् । विधेयकमा प्रेस तथा अभिव्यक्ती स्वतन्त्रता कुण्ठित पार्ने खालका प्रावधान राखिएको भन्दै विरोध प्रदर्शन गरिएको छ ।
बुधबार मात्रै विधेयक पारित हुन लागेको थाहा पाएपछि प्रदेश सभा अगाडी नेपाल प्रेस यूनियन कैलाली शाखाले विरोध प्रदर्शन गरेको हो ।