कैलालीमा खोलाले बगाउँदा बेपत्ता भएका पुरुष भेटिए
 
Death

कैलालीमा खोलाले बगाउँदा बेपत्ता भएका पुरुष जीवित भेटिएका छन्।

मोहन्याल गाउँपालिका–३ पिपलीखेतका ५४ वर्षीय दानबहादुर विष्ट आइतबार सोही ठाउँको गेदान खोला तर्ने क्रममा बेपत्ता भएको र खोजतलास गर्दै जाँदा बगेको ठाउँबाट करिब ५० मिटर पर चोटपटक लागेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले जानकारी दिए।

विष्टलाई अहिले उहाँका आफन्त र प्रहरीले उपचारका लागि घोडाघाडी अस्पताल ल्याइरहेको प्रहरी निरीक्षक थापाले बताए। उहाँको अवस्था अहिले मध्यम रहेको बताइएको छ।