महिलाहरू आफ्नै कारणले पनि पछाडि परे- उपसभामुख जोशी 
 
corona

राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठानको आयोजना र नवजीवन सहकारी संस्थाको विशेस सहयोगमा तीज तथा गौरापर्वको पूर्व सन्ध्यामा सञ्चालित 4 दिने नेतृत्व विकास एबम् महिला सशक्तिकरण तालिम समापन भएको छ। तालिम समापन समारोहमा बोल्दै प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारकी उपसभामुख निर्मला बडाल जोशीले महिलाहरू सामाजिक कुसंस्कारका कारण र कतिपय आफ्नै कारणले पनि पछाडि परेको बताइन्।

उनले सामाजिक सचेतनाका लागि तालिमले भूमिका खेल्ने बताइन्। कार्यक्रममा मुख्य प्रशिक्षक संस्कृतिविद् डा.टीएन जोशीले मौलिक नेपाली संस्कृति मुलुकको सम्पत्ति भएको चर्चा गर्दे संस्कृति संरक्षणमा महिलाहरूको महत्वपूर्ण भूमिका रहेको बताए। महिला नेतृ कमला भट्टराईको सभापतित्वमा सम्पन्न समापन समारोहमा प्रतिष्ठानका अध्यक्ष लिलाधर बास्कोटा,ईश्वरा आचार्य, उषा भट्ट, गोमा ढकाल लगायतले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। तालिममा डा.टीएन जोशी, डा.गोविन्दराज जोशी, केपी कलौनी र माला भण्डारीले प्रशिक्षण दिएका थिए। तालिममा 40 महिलाको सहभागिता थियो।