मास्क नलगाउने ३४१ जनालाई कारवाही
 
corona

लकडाउन खुलेपनि देशभर कोरोना संक्रमण दिन प्रतिदिन बढिरहेकाले त्यसको नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालय बैतडीले कडाइ गरेको छ।

साेही अनुरुप जिल्ला प्रशासनले मास्क नलगाई हिँड्ने ३ सय ४१ जनालाई कारबाही गरेको छ। गत असार २३ गतेदेखि हालसम्म मास्क नलगाउने ३४१ जनालाई जरिवाना तिराइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 

उनीहरुबाट एक सयका दरले ३४ हजार १ सय  रुपैंया राजश्व संकलन भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। साथै हालसम्म ७ सय  जनालाई मास्क समेत तितरण गरिएको उनले बताए।