
भारतको बैग्लोरबाट धनगढी आइरहेको बस दुर्घटनामा परेको छ। धनगढी आउँदै गर्दा छत्तीसगढमा बस दुर्घटना भएको हो।

बसमा कैलालीको घोडाघोडी नगरपालिका र गौरीगंगा नगरपालिकाका ३६ जना सवार रहेको सोही बसमा सवार घोडाघोडी नगरपालिकाका टेकराज अम्मैले जानकारी दिए।
उनीहरु सामान्य घाइते भएका छन्। उनीहरु गौरीफन्टा नाका हुँदै नेपाल प्रवेशका लागि आइरहका थिए।
