
बाजुराको पुर्वी उत्तरी भेगको हिमाली गाउँपालिकामा खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन्। बेपत्ता हुनेमा हिमाली गाउँपालिका –५ कवाडीकी ५ वर्षीया इशु नेपाली रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताएका छन्।

उनका अनुसार घर नजिकैको धारामा पानी ल्याउन गएका बेला खोलाले बगाएर बालिका बेपत्ता भएकी हुन। बेपत्ता भएकी बालिकाको खोजी कार्य भइरहेको प्रहरी प्रवक्ता रोकायाको भनाई छ।
