
हरेक बर्ष बाडी पस्छ मेरो गाऊमा

अभाव सधै बाँस बस्छ मेरै गाऊमा ।

उपाए केहि नभएपछी खाेला छेउमै बस्नुपर्याे
बर्षैपिच्छे अनिकालकाे पाहाड खस्छ मेरो गाऊमा ।
बाढी, पैरो, खडेरीकाे बज्रपातले हामीलाई नै सताउछ
विपत्तिकै कारण गरीबिले जराधस्छ मेरो गाऊमा ।
बर्षादमा बाडी, हिउदमा शितलहर र खडेरीले सताउछ
ताताे हावाहुँरी र आँगलागिले डस्छ मेराे गाऊमा ।
यसपालीको बर्षे भेलले मान्छेलाई नै बगाई लग्यो
बर्षैपिच्छे विपत्तिले हामीलाई डस्छ मेरो गाऊमा ।
बाडी,पैराे, खडेरीले पीडा थप्छ मेरो गाऊमा
अनिकाल त झन घरभित्रै बस्छ मेराे गाऊमा ।
धनपति ढुंगेल