
सपनाहरुलाई इट्टा मानेर,

रहरहरुले जोडेर
हौसला ले सिङ्गारेर

एउटा सानो झुपडी बनाएको थिएँ भविष्यको,
उत्साहको बिज रोपेर,
फलाउन चाहन्थे सफलताको अनज
तिमी अायौ प्रेरणाको नहर लिएर,
आलि लगायौ विश्वासको
अनि खुब सिचाई गर्यौ मेरो मन र मस्तिष्कमा,
भावनाहरुलाइ गिथोल्यौ,
मुछ्यौ,
जे गर्यौ,
जसो गर्यौ
मलाई आफ्नै धारमा परिणत गर्यौ,
जब म पुर्ण रुपले तिमीमा आश्रित बनेँ,
अनि आयौ,
बिश्वासघातको बाढी उपहार लिएर,
भत्कायौ बिश्वास र भरोसाको बाँध,
आँखाका डिलमा अडिन नसकेर,
संगै थपियो समुन्द्री स्वादको अर्को भेल पनि,
अनि बगायौ मैले भविष्य देखेको झुपडीलाई
तितरबितर पार्यौ क्षणभरमै
मेरा रहर अनि सपनाहरुलाई ।।
तारा चन्द