 
सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट बिहिवार थप दुई सय ७१ कोरोना संक्रमित डिस्चार्ज भएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा कोरोना मुक्त भएर थप दुई सय ७१ जनालाई डिस्चार्ज गरिएको जानकारी दिए।
 
 बिहिवार कैलालीका दुई सय ३५, डडेल्धुराका २१, कञ्चनपुरका १२, बैतडीका तीन जनालाई डिस्चार्ज गरिएको उनले बताए। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या तीन हजार ६ सय ६२ पुगेको छ।
सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि कैलालीका ८ सय ७७, डोटीका पाँच सय ७०, अछामका पाँच सय ५६, कञ्चनपुरका पाँच सय १७, बैतडीका तीन सय तीन र डडेल्धुराका दुई सय ८८ जनालाई डिस्चार्ज गरिएको छ।
 
 बाजुराबाट चार सय ३१, बझाङबाट एक सय सात र दार्चुलाबाट १३ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ। सुदूरपश्चिममा ६५ जना संक्रमतिको विभिन्न अस्पतालमा उपचार भईरहेको छ। अन्य संक्रमित भने स्थानीय तहको आईसोलेसन र घरमा रहेका छन्।
प्रदेशमा नौँ जना संक्रमितको भने मृत्यु भईसकेको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको सङख्या चार हजार ८ सय ९० पुगेको छ।
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
