धनगढीमा मोटरसाइकल दुर्घटना, तीन जना घाइते
 
accidnet

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। धनगढी उप–महानगरपालिकाका बोराडाँडीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका हुन्।

धनगढीदेखि अत्तरिया जोड्ने ६ लेन सडकमा म२प ८०६० र से३प ५९०३ नम्वरको मोटरसाईकल ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

दुर्घटनामा परि धनगढीका उप–महानगरपालिका वडा नम्वर ४ का ४४ वर्षीय छत्र सोप, कञ्चनपुरको महाकाली नगरपालिका वडा नम्वर ७ का २१ वर्षीय ललित चन्द र बैतडीको मेलौली नगरपालिका वडा नम्वर ७ का २१ वर्षीय मनोज चन्द घाइते भएका छन्।

उनीहरुको माया मेट्रो अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक हिक्मत थापाले बताए।