कञ्चनपुरमा स्थानीयको घर नजिकै अजिंगर फेला
 
Ajingar

कञ्चनपुरमा आठ फिट सात इन्च लामो लामो अजिंगर फेला परेको छ। जिल्लाको बेदकोट नगरपालिका– ८ गाउजीका स्थानीय मानप्रसाद भट्टको आँपको रूखमा लोपोन्मुख अजिंगर फेला परेको हो।

मंगलबार रूखमा फेलापरेको अजिंगर आठ फिट सात इन्च लामो र साढे आठ किलो तौलको रहेको डिभिजन वन कार्यालय सुरक्षा शाखा प्रमुख अर्जुन थापाले बताए। घरनजिकै बारीमा फेला परेको उक्त अजिंगरको उद्धार गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छाडिने बताइएको छ। 

यसरी चुरेको जंगलबाट अजिंगर गाउँमा पसेपछि स्थानीवासी त्रसित भएका छन्।