
धनगढी उपमहानगरपालिका १३ श्रीलंका टापु स्थित मोहना नदिमा पौडी खेल्ने क्रममा आइतबार बेपत्ता भएका दुई बालक अझै फेला परेका छैनन ।

मोहना नदिमा पौडी खेल्न गएका सोहि ठाउँका हरि प्रसाद चौधरीका छोरा १२ बर्षका अरुण चौधरी र राम बहादुर चौधरीका छोरा १५ बर्षका संदिप चौधरी डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताए ।
बेपत्ता दुबै जनाको नेपाल प्रहरी, रेडक्रसकर्मी र स्थानीय मिलेर खोजी कार्य भैरहेको प्रहरी नायव उपरीक्षक बिष्टले बताए ।
