कैलालीमा सरकारी गाडिले मोटरसाइकललाई ठक्कर दिएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ मा बा १ झ ९२५० नम्बरको सरकारी गाडीले बा ३२ प ६४५३ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा एकजना घाईते भएको प्रहरीले जनाएको छ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार घाईते हुनेमा मोटरसाईकल चालक बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का ३३ वर्षीय सिद्ध जयगढी रहेका छन्। उनको स्थानीय अस्पतालमा उपचार भईरहेको छ।
दुर्घटना लगत्तै सरकारी गाडीका चालक र अन्य सवार फरार रहेको प्रहरीले जनाएको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।
2024/05/18, 7:05
2024/05/18, 7:03
2024/05/18, 7:00
2024/05/18, 6:58
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/09/11, 9:16
2021/05/04, 9:23
2021/11/26, 10:48