
धनगढीको निसर्ग अस्पतालले बुवासँगै विष सेवन गरेका बालकको निःशुल्क उपचार गरेको छ। उप–महानगरपालिकाको वडा नम्बर ५ मा रहेको अस्पतालले बुवासँगै विष सेवन गरेका राजपुरका पाँच वर्षीय बालकको आरुष रानाको निःशुल्क उपचार गरेको हो।

गत मंगलबार साँझ विषादी सेवनपछि भर्ना गरिएको बालकको आईसियुमा राखेर निःशुल्क उपचार गरिएको अस्पतालका अध्यक्ष तिर्थ पन्तले जानकारी दिए। आमा दोस्रो बिवाह गरेर गएपछि बुवासंगै उनले पनि बिष सेवन गरेको बुझिाएको अस्पतालले जनाएको छ।
उनीहरु बुवाछोराले सल्फास नामक विषादी सेवन गरेका थिए। निको भएपछि रानालाई पाँच दिनमा डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ भने बुवाको मृत्यु भईसकेको छ। बालकलाई एक जोर लुगा समेत दिईएको छ।
