 
हालसम्म नेपालमा ३२ जिल्ला ‘रेड जोन’ मा परेकोमा सुदुरपश्चिमका सात जिल्ला पनि रेड जोनमा परेका छन् । सरकारले २ सय भन्दामाथि संक्रमित देखिएका जिल्लालाई ‘रेड जोन’ को सूचिमा राख्ने गरेको छ । यसमा प्रदेशका नौ जिल्लामध्ये दुई जिल्ला वाहेक सवै रेडजोनमा परेका हुन् ।
 
 इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार रेड जोनमा परेका ३२ जिल्ला मध्ये सबैभन्दा धेरै प्रदेश ५ का १२ जिल्ला मध्ये ९ जिल्ला रहेकोमा दोस्रो स्थानमा रहेका सुदूरपश्चिम प्रदेशका ९ जिल्ला मध्ये ७ जिल्ला परेका छन् । त्यसैगरी प्रदेश २ का ८ जिल्ला मध्ये ७ जिल्ला, गण्डकी प्रदेशका ११ जिल्ला मध्ये ३ जिल्ला, कर्णाली प्रदेशका १० जिल्ला मध्ये ३ जिल्ला, प्रदेश १ का १४ जिल्ला मध्ये २ जिल्ला र बाग्मती प्रदेशका १३ जिल्ला मध्ये १ जिल्ला रहेका छन् ।
मंगलबारसम्म नेपालमा १९ हजार ६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये १३ हजार ८ सय ७५ जना निको भएर घर फर्किसकेका छन् भने ४९ जनाको मृत्यु भइसकेको छ । यस्तै सबैभन्दा बढी संक्रमित भेटिने जिल्लाको सूचीमा रौतहट र कैलाली अगाडी रहेका छन् । रौतहटमा १ हजार ५ सय ११ जनामा र कैलालीमा १ हजार ११ जनामा संक्रमण देखिएको तथ्याङ्ककमा उल्लेख गरिएको छ । रौतहट, कैलाली लगायत १६ वटा जिल्लामा ४ सय भन्दामाथि संक्रमित भेटिएकोमा त्यसमा सुदुरपश्चिम प्रदेशका ५ जिल्ला रहेका छन् ।
 
 दैलेखमा ९५३, महोत्तरीमा ८१७, कपिलवस्तुमा ८०५, सर्लाहीमा ७६६, डाटीमा ७१२, दाङमा ६९१, अछाममा ६७८, धनुषामा ६६२, बाजुरामा ६१९, सुर्खेतमा ५६९, पाल्पामा ५६८, कञ्चनपुरामा ५१५, सप्तरीमा ४६१, बाँकेमा ४१७ संक्रमित भेटिएका छन् । त्यसैगरी सबै भन्दा कम संक्रमित भेटिने जिल्लाको सूचिमा मनाङ, मुस्ताङ र हुम्लामा रहेका छन्। मनाङमा १, मुस्ताङमा १ र हुम्लामा ४ जनामा संक्रमण देखिएको छ।
डोल्पामा ५, संखुवासभामा ६, भोजपुरमा ६, सोलुखुम्बुमा ८, पाँचथरमा ८, तह्रथुममा ८, दोलखामा १० संक्रमित भेटिएका छन्। हालसम्म १० जिल्लामा १० जना भन्दा कम संक्रमित भेटिएका छन्।
 रेड जोनमा परेका जिल्लाहरु
सुदूरश्चिम प्रदेश
कैलाली– १०११
कञ्चनपुर– ५१५
डडेल्धुरा– ३०३
डोटी– ७१२
अछाम– ६७८
बाजुरा– ६१९
बझाङ– १८२
बैतडी– २८३
दार्चुला– २१
 सुदूरपश्चिम प्रदेशमा बझाङ र दार्चुला बाहेक अन्य ७ जिल्ला रेड जोनमा परेका छन् ।
 
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
