 
नेपालमा कोरोना भाईरस संक्रमितमध्ये १० वर्ष मुनिका ४ प्रतिशत बालबालिकामा संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४.०२३ प्रतिशत बालबालिकामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
 
 मन्त्रालयको तथ्यांक अनुसार १९ हजार ६३ जना कोरोना संक्रमितमध्ये ७ सय ६७ जना १० वर्ष मुनिका बालबालिका रहेका छन् । तीमध्ये २ सय ९२ जना बालिका रहेका छन् भने ४७५ बालक रहेको मन्त्रालयले जनाएको छ ।
सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ३ सय ७२ जना १० वर्ष मुनिका बालबालिका संक्रमित भएका छन् । त्यस्तै प्रदेश १ मा २३, प्रदेश २ मा १ सय ३८, बाग्मती प्रदेशमा १६, गण्डकी प्रदेशमा ३०, प्रदेश ५ मा १ सय १५ र कर्णाली प्रदेशमा ७३ जना बालबालिका संक्रमित भएका छन् ।
 
 सुदुरपश्चिम प्रदेशका आठ जिल्लामा बालबालिका संक्रमित भएप्नि दार्चुलामा भने अहिलेसम्म १० वर्ष मुनिका बालबालिकामा संक्रमण देखिएको छैन ।
 कुन जिल्लामा कति ? 
–बाजुरामा ३२ बालिका र ३२ बालक । 
–बझाङमा ६ बालिका र १८ बालक । 
–बैतडीमा ४  बालिका र १० बालक ।
–डडेल्धुरामा ५ बालिका र ११ बालक । 
–डोटीमा ३७ बालिका र ४५ बालक । 
–अछाममा २१ बालिका र ४८ बालक । 
–कैलालीमा २८ बालिका र ४९ बालक । 
–कञ्चनपुरमा ११ बालिका र १४ बालक ।
 
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
