सुदूरपश्चिमका ९ वटा क्याम्पसलाई नमूनाका रुपमा स्तरोन्नति गरिने भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगत उच्च शिक्षा महाशाखाले स्तरोन्नतिका लागि ४३ क्याम्पस मध्ये ९ क्याम्पसलाई छनौट गरेको हो।
मन्त्रीस्तरीय निर्णयबाट अछामको अछाम बहुमुखी क्याम्पस, कञ्चनपुरको महाकाली बहुमुखी क्याम्पस, कैलालीको घोडाघोडी बहुमुखी क्याम्पस र डडेल्धुराको त्रिवेणी क्याम्पस जोगबुढा नमूना क्याम्पसको रुपमा स्तरोन्नतिका लागि छनौट भएका छन्।
यस्तै डोटीको केदारजोति कुञ्ज बहुमुखी क्याम्पस, दार्चुलाको दार्चुला बहुमुखी क्याम्पस, बझाङको सुनकुडा बहुमुखी क्याम्पस, बाजुराको बाजुरा बहुमुखी क्याम्पस र बैतडीको जगन्नाथ बहुमुखी क्याम्पस समेत छनौट भएको उच्च शिक्षा महाशाखाले जनाएको छ।
2024/05/18, 7:05
2024/05/18, 7:03
2024/05/18, 7:00
2024/05/18, 6:58
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/09/11, 9:16
2021/05/04, 9:23
2021/11/26, 10:48