पुष्करनाथ गुटको निष्कर्षः ‘निर्णय फिर्ता नभए कडा आन्दोलन गछौ’ (भिडियो सहित)
 
bhela

नेपाली कांग्रेसले पूर्व राज्यमन्त्री तथा महासमिति सदस्य पुष्करनाथ ओझालाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेपछि कैलालीमा ओझाको गुटको भेला सम्पन्न भएको छ । ओझालाई कारबाही गर्ने निर्णयका विरुद्ध नेपाली कांग्रेस कैलालीका उनी पक्षीय नेताहरुले सोमबार छलफल गरेका हुन् । विकसित पछिल्लो आन्तरिक घटनाक्रमको समीक्षा र आगामी अधिवेशनको बारेमा छलफल गर्नका लागि भेला बोलाइएको नेपाली कांग्रेस कैलालीका सचिव पूर्ण कुँवरले बताए ।

2

उनका अनुसार पुष्कर ओझालाई राजनितिक प्रतिसोध साट्न कारवाही गरेको निष्कर्ष निकालेको छ । ओझा निकटका ४१ जनाको उपस्थितिमा भएको भेलामा सहभागी भएकाहरुले निर्णय फिर्ता गराउन दबाबमुलक कार्यक्रम गर्ने निष्कर्ष निकालेका छन् । पहिलो चरणमा पार्टी सभापति शेरवहादुर देउवालाई ज्ञापनपत्र वुझाउने र त्यसपछि चरणबद्ध आन्दोलन गर्ने निर्णय गरिएको छ । ओझामाथि लगाईएका आरोपहरु झुटो भएको भन्दै भेलाले निर्णय नसच्याए कडा आन्दोलनमा उत्र्रिने चेतावनी दिएको छ ।

‘यो निर्णय अमान्य छ । अन्यायपुर्ण छ । यसलाई पुर्नविचार गरियोस् भन्ने हाम्रो भेलाको ठहर छ ।’ कुँवरले भने–‘यसका लागि पहिलो चरणमा ज्ञापनपत्र वुझाउने र त्यसपछि चरणबद्ध आन्दोलनमा उत्र्रिने विषयमा सवै साथीहरु सहमत भएका छन् ।’ २०७० सालको उपनिर्वाचनमा विजयी भएका ओझा त्यसपछि ०७४ सालको निर्वाचनमा कैलाली ५ बाट शेरबहादुर देउवाले पत्नी आर्जुलाई टिकट दिएपछि रुष्ट भएका थिए । पार्टीको निर्णयमा असन्तुष्ट बनेका ओझा निर्वाचनमा आर्जुको प्रचारमा गएका थिएनन् । त्यसपछि आर्जुलाई चुनाव हराउन नेकपालाई सहयोग गरेको आरोप ओझालाई लागेको थियो । त्यहाँ नेकपाका उम्मेदवार नारदमुनी राना विजयी भएका थिए ।