सुदुरपश्चिममा एकै क्वारेन्टिनमा रहेका ४० जना सहित ४१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४०९५ पुग्यो 
    
   
सुदूरपश्चिममा थप ४१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । एक साता यता संक्रमण पुष्टि हुने दर कम हुदै गएपनि सोमबार एकै पटक ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । डोटीको शिखर नगरपालिकाको क्वारेन्टिनमा रहेका ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
 
 डडेल्धुरा अस्पतालको प्रयोगशालामा परीक्षण गरिएका ६० जनामध्ये ४० जनामा कोरोना संक्रमण पुष्टि भएको भएको हो । थप ३६ जनाको रिपोर्ट आउन बाँकी छ । त्यसैगरी सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा परीक्षण गरिएका स्वावका नमूना मध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
 योसँगै सुदुरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार ९५ पुगेको छ । 
 
 
 
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
