
बैतडीको पञ्चेश्वर गाउँपालिकाले बजेट विनियोजनमा मनपरि गरेको भन्दै वडा कार्याल ताला लगाइएको छ । गाउँपालिकाको वडा नम्बर ४ को कार्यालयमा स्थानीयले ताला लगाएका हुन् ।

गाउँपालिकाको बजेटमा जनप्रतिनिधिले मनपरि गरेको उनीहरुको आरोप छ । गाउँपालिकाले आसेपासे र आफन्तलाई खुसी पार्न बजेट ल्याएको उनीहरुले आरोप लागएका छन् । नागरिक भेलाको समेत जनप्रतिनिधिले वास्ता नगरेको स्थानीय प्रकाश चन्दले बताए ।
