लकडाउन उल्लंघन १३५ जनालाई दुई घण्टा गर्मीमा उभ्याईयो, १३५ सवारी नियन्त्रणमा (भिडियो सहित)
 
korona

धनगढीमा लकडाउन उल्लङघन गरी सवारी साधन चलाउने एक सय ३५ जनालाई दुई घण्टा घाममै उभ्याएर सजाय दिईएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीका विभिन्न स्थानमा लकडाउनको उल्लङ्घन गरी सवारी चलाई रहेका एक सय ३५ जनालाई दुई घण्टा सडकमा उभ्याएर कारवाही गरेको हो ।

उनीहरुलाई सडकमै दुई घण्टा घाममा उभ्याएर उनीहरुका सवारी साधन पनि नियन्त्रणमा लिईएको हो । लकडाउन उल्लंघन गर्नेहरुलाई दुई घण्टा सडकमा उभ्याएर छोडिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । लकडाउनमै चलाईएका एक सय एक सवारी साधन पनि नियन्त्रणमा लिईएको छ ।

मोटरसाईकल, स्कुटर तथा विद्युतीय रिक्सा लगायतका एक सय एक सवारी साधन नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।  बुधबार पनि लकडाउनको उल्लङ्घन गरी चलाईएका दुई सय ९२ सवारी साधन नियन्त्रणमा लिएको थियो भने तीन सय १९ जनालाई सडमै उभ्याईएको थियो ।


लकडाउनको वेवास्ता गर्दै सवारी साधन चलाएको आरोपमा नियन्त्रणमा लिएका व्यक्ती र सवारी साधनलाई दुई घण्टापछि छोडेको छ । उनीहरुलाई आगामी दिनमा उल्लंघन नगर्ने सर्तमा छोडेको प्रवक्ता बस्नेतले बताए ।