 
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीेका केन्द्रिय सदस्य तथा सेती महाकाली ईन्चार्ज सदस्य ओमप्रकाश पुन पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका स्थित कनरी क्षेत्रबाट पक्राउ परेका पुनलाई जिल्ला प्रहरी कार्यालय ल्याईएको छ ।
 
 फुलवारीबाट धनगढी आउने क्रममा उनलाई कनरीबाट पक्राउ गरिएको प्रहरी स्रोतले बतायो । उनीसंगै एक जना पूर्व केन्द्रिय सदस्य (महिला) लाई पनि पक्राउ गरिएको छ । पुन आफैले पार्टीका समकक्षीलाई फोन गरेर आफु पक्राउ परेको बारेमा जानकारी दिएका थिए ।
 उनलाई केही दिन अगाडी डडेल्धुरामा पनि पक्राउ गर्न प्रहरी परिचालन भएकोमा त्यहाँबाट उनी भागेका थिए । 
 
 
 
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
