युवा उद्यमी मञ्च कैलालीद्धारा ईन्टर च्याप्टर रिट्रिट कार्यक्रम आयोजना
 
aa

कैलालीको धनगढीमा ईन्टर च्याप्टर रिट्रिट कार्यक्रम आयोजना गरिएको छ । नेपाली युवा उद्यमी मञ्च कैलालीको आयोजनामा भएको ईन्टर च्याप्टर रिट्रिट कार्यक्रममा विभिन्न च्याप्टरका पदाधिकारी र सदस्यहरु गरी एक सयभन्दा बढीको सहभागीता रहेको थियो । सुन्दर सुदुरपश्चिममा रमाउनुका साथै सम्भावना खोज्ने र लगानी गर्ने वातावरण निर्माण होस भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेपाली युवा उद्यमी मञ्च कैलालीका अध्यक्ष अच्युत दाहालले जानकारी दिनुभयो । 
कार्यक्रममा सुदूरपश्चिममा लगानीको सम्भावना बिषयक कार्यपत्र  नेपाली युवा उद्यमी मञ्च कैलालीका पुर्व अध्यक्ष ईन्जिनियर रोशन भट्ट र सुदुरपश्चिमको पर्यटन सम्भावना बिषयक कार्यपत्र नाटा सुदुरपश्चिमका अध्यक्ष पदम विक्रम सिंहले प्रस्तुत गरेका थिए । सो कार्यपत्रहरुमा सुदुरपश्चिममा लगानी गर्न ईच्छुक युवा उद्यमी तथा युवा व्यवसायीहरुलाई लगानी क्षेत्रको बारेमा विस्तृत जानकारी दिईएको थियो । 


नेपाली युवा उद्यमी मञ्च कैलालीका अध्यक्ष अच्युत दाहालको अध्यक्षतामा भएको कार्यक्रममा धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालले व्यवसायिक रुपमा यसक्षेत्रमा रहेका सम्भावनाहरुका साथै व्यवसायिक अनुभव तथा स्थानीय तहले लगानी भित्र्याउनका लागि खेल्न सक्ने भुमिकाको बिषयमा मन्तव्य व्यक्त गरेका थिए । नेपाली युवा उद्यमी मञ्च कैलालीका फस्ट भिपी आयुष हमालले स्वागत गरेको कार्यक्रममा च्याप्टरहरुको तर्फबाट सुर्खेत च्याप्टरका अध्यक्ष कमल सुवेदीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पोखरा च्याप्टरका अध्यक्ष समेज राजभण्डारी, रुपन्देही च्याप्टरका अध्यक्ष आदर्श श्रेष्ठ, सुर्खेत च्याप्टरका अध्यक्ष कमल सुवेदी, कञ्चनपुर च्याप्टरका अध्यक्ष रेशम भट्ट, नेपालगंज च्याप्टरका सदस्य सिद्धान्त जसरोटिया लगायत विभिन्न च्याप्टरका पदाधिकारी र सदस्यहरुको सहभागीता रहेको थियो ।


कार्यक्रममा भुवा नाच, सखिया तथा लठ्ठी नाचहरुको सांस्कृतिक प्रस्तुतीहरुसँगै यहाँका चौधरी थारु समुदायका विभिन्न परिकारहरुका साथै सुदुरपश्चिमका परिकारहरु समेत सहभागीहरुलाई खुवाईएको थियो ।