सुदुरपश्चिमको गरिबि घटाउन खुला छलफल गर्न तयार छौँः मुख्यमन्त्री
 
ss

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदुरपश्चिमको गरिबी कसरी घटाउन सकिन्छ भन्न विषयमा प्रदेश सरकार खुला छलफल गर्न तयार रहेको बताएका छन् । प्रदेश तथा स्थानियय शासन सवलिकरण कार्यक्रमले मंगलबार धनगढीमा आयोजना गरेको प्रदेश सरकार र प्रदेशमा कार्यरत विकास साझेदारहरुले गरेका असल अभ्यासहरुको आदान प्रदान कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

उनले प्रदेशको प्रत्येक तीजनामा एक जना निरपेक्षे गरिब भएको तथ्यांकका आधारमा त्यसलाई न्यूनिकरण गरी मानब सूचकांकमा अगाडी ल्याउन निजी क्षेत्रका साथै सरकारी तथा गैरसरकारी संस्थाहरुसँग खुल्ला छलफलका लागि आह्वान गरे । सुदुरपश्चि प्रदेश सरकार प्रदेश नीति तथा योजना आयोगले प्रदेश सरकारको प्रमुख कार्यक्रम, प्राथमिकता र अपेक्षा प्रस्तुग गरेको कार्यक्रममा गैह्र सरकारी संस्था महासंघ, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको संघ र संयुक्त राष्ट्रसंघीय निकाय तथा अन्तरराष्ट्रिय विकास साझेदारको साझा प्रस्तुति रहेको थियो