धनगढीमा बेवारिसे अवस्थामा फालिएको शिशु रोइरहेको अवस्थामा भेटियो
 
dd

कैलालीको धनगढी १४ एच गाउँ स्थित साईनोचोक नजिकै एक नवजात शिशु बेवारिसे अवस्थामा फेला पारिएको छ । रोइरहेको अवस्थामा सडक छेउको नालामा सालनाल सहित शिशु फेला परेको हो ।

स्थानीयले रोइरहेको अवस्थामा शिशुलाई देखेपछि इलाका प्रहरी कार्यालय बहुलियालाई खबर गरेका थिए । नवजात शिशुलाई प्रहरीले सकुशल उद्धार गरी सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको इलाका प्रहरी कार्यालय बहुलियाका वरिष्ठ प्रहरी नायब निरीक्षक लोकेन्द्र चन्दले जानकारी दिए ।

शिशुलाई कोले जन्माएर बेवारिसे अवस्थामा छोड्यो भन्ने विषयमा अनुसन्धान भइरहेको चन्दले बताए ।