
सुनचाँदी बजारमा आज सुनको मूल्य २६ सय रुपैयाँले घटेर छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सोमबार प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ सय ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँमा कायम भएको महासङ्घले जनाएको छ ।
त्यसै गरी, आज चाँदीको मुुल्य पनि घटेको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेको छ । महासङ्घको अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय २० रुपैयाँमा कायम भएको छ ।सोमबार चाँदी प्रतितोला १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।
