
गत वर्षका आईपीएलका सबैभन्दा महँगा खेलाडी रहेका तीव्र गतिका अस्ट्रेलियन बलर मिचेल स्टार्क ११ करोड ७५ लाख रुपैयाँमा बिक्री भएका छन् ।

उनलाई आइतबार भएको अक्सनमा दिल्ली क्यापिटल्सले ११ करोड ७५ लाख रुपैयाँमा किनेको हो ।
उनलाई गत वर्ष कोलकाताले २४ करोड ७५ लाख रुपैयाँमा किनेको थियो ।
