
धनगढीको बडहरामा रहेको अतिथि रिर्सोटमा नयाँ बर्षको पुर्वसन्ध्यामा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । छुट्टै पहिचान सहित सञ्चालनमा रहेको रिर्सोटमा नयाँ बर्ष २०८१ को पुर्वसन्ध्यामा चैत ३० गते विभिन्न सांस्कृतिक कार्यक्रम हुने भएको हो ।

साँझ साढे ६ बजेदेखि सांस्कृतिक कार्यक्रमहरु सुरु हुने अतिथि रिर्सोटले जनाएको छ । द सोच ब्यान्डको विशेष प्रस्तुत रहने कार्यक्रममा अन्य विभिन्न कार्यक्रम पनि आयोजना गरिएको छ ।
नयाँ बर्षको अवसरमा विभिन्न खाना तथा खाजाका परिकारहरुमा पनि बिशेष छुटको व्यवस्था गरिएको छ ।
