
धनगढीको अपी सैपाल थकाली खाना घर एण्ड क्याफेले होलीको अवसरमा ल्याएको १०० रूपैयाँको खानाको चिठ्ठा खोलेको छ । सैपाल क्याफेले साइकल उपहार विशेष अफरको चिठ्ठा खुलाएको हो ।

नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमालय जोशीले चिठ्ठा तानेका थिए । सो क्रममा कुपन नम्बर दुई सय ९० का कपिल चौधरीले साईकल हात पारेका छन् ।
क्याफेका सञ्चालक रामबहादुर बोहराले एक कार्यक्रमकाबीच उनलाई साइकल हस्तान्तरण गरिने बताए । होलीको अवसर पारेर ९ चैत देखि १६ चैतसम्मका लागि विशेष अफर तथा छुट योजना ल्याएको थियो । यो अवधिमा क्याफेमा ४५८ जनाले १०० रूपैयाँको खाना खाएका थिए ।
