
सुदूरपश्चिम प्रादेशिक महोत्सव अत्तरियाको नक्कली टिकट ठेली प्रकरणमा मुछिएका अशोकराज देवकोटालाई नेपाली कांग्रेस गोदावरी नगरसमितिले निलम्बित गरेको छ।

नेपाली कांग्रेस गोदावरी नगरसमितिको कार्यसमितिका सचिव रहेका देवकोटालाइ शनिवार बसेको बैठकले निलम्बन गरेको हो। अत्तरिया उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका देवकोटाको नक्कली टिकट ठेली प्रकरणमा नाम मुछिएकाले उनलाइ निलम्बन गरिएको समितिका सचिव योगेश भट्टले बताए।
उक्त घटनामा निस्पक्ष छानबिन होस भन्दै देवकोटालाइ छानबिन अवधी सम्मका लागि निलम्बन गरिएको उनले जानकारी दिए। अत्तरिया उद्योग वाणिज्य संघले लगाएको आठौ संस्करणको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट भेटिएका थिए। उक्त प्रकरणमा विभिन्न्न व्यक्तिहरुको नाम मुछिएको थियो।
