राष्ट्रपति रामचन्द्र पौडेल कोटिहोम महायज्ञको उद्घाटनका लागि आज अछाम जादै छन् । १ सय ४४ वर्षपछि हुन लागेको कोटिहोम महायज्ञको उद्घाटनका लागि राष्ट्रपति पौडेल अछाम जान लागेका हुन् । साँफेबगर नगरपालिका–१ स्थित वैद्यनाथ धाममा महायज्ञ सुरु हुदैछ । वैद्यनाथ धाममा हरेक ६ वर्षमा लक्ष होम सहितको अर्धकुम्भ मेला लाग्दै आएको छ ।
त्यस्तै वैद्यनाथ धाममा १२ वर्षको अन्तरमा महालक्ष्यहोम सहितको महाकुम्भ मेला र १ सय ४४ वर्षको अन्तरमा कोटिहोम महायज्ञसहितको महाकुम्भ मेला लाग्ने गरेको छ । उद्घाटनका लागि राष्ट्रपति पौडेल जाने भएकोले जिल्लाको शान्ति सुरक्षा कडा परिएको छ ।
वैद्यनाथ नेपालका चार धाम मध्येको एक धाम मानिन्छ । यो पौराणिक, धार्मिक, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको छ ।
2024/05/18, 7:05
2024/05/18, 7:03
2024/05/18, 7:00
2024/05/18, 6:58
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/05/13, 11:21
2020/09/10, 10:03
2021/08/27, 10:06
2022/06/20, 12:56
2023/10/03, 7:34