कैलालीमा रुखबाट खसेर १९ वर्षीया एक किशोरीको मृत्यु
 
ss

कैलालीमा रुखबाट खसेर एक किशोरीको मृत्यु भएको छ।

घोडाघोडी नगरपालिका–८ सुखडकी १९ वर्षीया राधा थापाको रुखबाट खसेर मृत्यु भएको हो। घोडाघोडी नगरपालिका–८ मा मंगलबार दिउँसो ३ बजेतिर घाँस काट्न जाँदा उनको रुखबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।

रुखबाट खसेर अचेत भएकी राधाको उपचारका लागि भेरि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।