बाजुरेली सेवा समाज धनगढी भुवा प्रतियोगितामा पहिलो
 
dd

धनगढीमा जारी भुवा प्रतियोगितामा आयोजक बाजुरेली सेवा समाज पहिलो भएको छ। धनगढी कर्भडलमा भएको भुवा चाली प्रतिस्पार्धामा बाजुरेली समाज धनगढी पहिलो भएको निर्णयक कमिटिका संयोजक लालबहादुर थापाले बताए ।

यस्तै गरी अत्तरिया बडीमालिका समाज, चौकीडाँडा दोस्रो भएको छ। सुर्मादेवी बझाङ सेवा समाज धनगढी र बाजुरा अछाम भुवा समाज चौमाला तेस्रो भएका छन् । प्रतिस्पार्धामा बाजुरा सेवा समाज रामशिखरझाला सुखड सान्त्वना भएको निर्णयक कमिटि संयोजक थापाले बताए।

प्रतियोगितामा पहिलो हुनेले नगद ५० हजार, दोस्रोले ३० हजार, तेस्रोले रु १५/१५ हजार पुरस्कार पाउने पाउने छन् । यस्तै सान्त्वना प्राप्त गर्ने टिमले नगद १० हजार पाउने निर्णयक कमिटि संयोजक थापाले जानकारी दिए । प्रतियोगितामा ५ टिमले भाग लिएका थिए ।