
सुदूरपश्चिम प्रदेश सरकारले भोलि प्रदेशभरी सार्वजनिक बिदा दिएको छ । भुवा पर्वको अवसरमा प्रदेश सरकारले पुस २६ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।

भोलि प्रदेशभरी सरकारी तथा सार्वजनिक निकायहरु बन्द रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
सुदूरपश्चिमका पहाडी जिल्ला बाजुरा, बझाङ भुवा पर्व भव्य मनाउने गरेका छन् ।
