वीरेन्द्र शाहको परिवारलाई चौरपाटी गाउँपालिकाले डेढ लाख रुपैयाँ राहत दिने, बिहीबार शोक विदा

बालकुमारीमा प्रदर्शनको क्रममा ज्यान गुमाएका वीरेन्द्र शाहको परिवारलाई चौरपाटी गाउँपालिकाले एक लाख ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
शाह सोही गाउँपालिका वडा नम्बर १ निवासी हुन् । गाउँपालिकाले बिहीबार ९आज० शोक मनाउने र सार्वजनिक विदा दिने समेत निर्णय गरेको छ । बुधबार बसेको गाउँ कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष भिमबहादुर साउँदले बताए ।

उनका अनुसार बिहीबार गाउँपालिकाभित्रका शैक्षिक संस्था, सरकारी, गैरसरकारी कार्यालयहरुमा शोक बिदा दिने निर्णय भएको छ । शाहको रोजगार अनुमति प्रणाली ईपीएस परीक्षार्थीहरूको आन्दोलनका क्रममा प्रहरीसँग झडपमा परेर शुक्रबार मृत्यु भएको थियो ।
