
बझाङमा जेसिबी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सोमबार राति सिमखेतस्थित पुरानो बसपार्क नजिकबाट सु. प. प्र. २४५३ नम्बरको जेसिबी दुर्घटना हुँदा बित्थडचिर गाउँपालिका–६ का ३० वर्षीय प्रकाश कठायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

जेसिबी बसपार्कबाट जयपृथ्वी नगरपालिका कार्यालयतर्फ जाँदै गर्दा सडक खण्डबाट २० मिटर तल खसेको र चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
