
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० मा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । जेठ २६ गते भारतको सुरतवाट श्रीमान, छोरी र बुहारीसंगै नेपाल आएकी ४८ बर्षिय ललिता नेपालीको शुक्रवार साँझ घरमै मृत्यु भएको थियो ।

१४ दिन क्वारेन्टिनमा बसेर घर गएकी उनको होम क्वारेन्टाइनमा मृत्यु भएपछि शुक्रवार राति नै पिसिआर परिक्षणका लागि स्वाब संकलन गरि धनगढी पठाइएको थियो । शनिबार धनगढीको प्रयोगशालामा भएको परिक्षणमा उनको कोरोना रिपोर्ट नेगेटिभ आएको गोदावरी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
यस अघि उनको आरडिटी रिपोर्ट पनि नेगेटिभ आएको थियो । उनी प्रेसर र प्यारालाईसिसको बिरामी रहेकी थिईन् । त्यसैको उपचारका लागि उनी परिवार सहित भारतमा गएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
