
बझाङको केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसिमा गएको पहिरोमा पुरिएकाको उद्धार गर्न गएको सेनाको गाडी नै दुर्घटनामा परेको छ। घटनास्थल नजिकै पुगेको सेनाको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक गणेश बमले जानकारी दिए।

उक्त गाडीमा सवार तीन जना घाइते भएको छन्। शुक्रबार अविरल वर्षासँगै गाउँपालिकाको वडा नम्बर ८ स्थित मल्लेस गाउँमा पहिरो जाँदा चार जनाको मृत्यु भएको छ। यो समाचार तयार पार्दासम्म चारै जनाको शव निकालिएको छ। बिसौला प्रहरी चौकी, जनप्रतिनिधि र स्थानीयहरुले पहिरोमा पुरिएका चार जनाको शव निकालेका हुन्।
