
डोटीको एक खानेपानीको मुहानमा दिसामा पाइने किटाणु भेटिएको छ । जिल्ला सदरमुकाम सिलगढीमा खानेपानीको मुहानमा किटाणु भेटिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय डोटीले गरेको परीक्षणमा खानेपानीमा दिसाका किटाणु भेटिएको स्वास्थ्य कार्यालय डोटीका ल्याब टेक्निसियन निरीक्षक सुशीलराज जोशीले जानकारी दिए।
सिलगढीमा वितरण भइरहेको पानीमा कोलिफर्म देखिएको खानेपानी उपभोक्ता समितिका कार्यालय प्रमुख रामचन्द्र धामीले बताए। पानी उमालेर वा शुद्धीकरण गरेर मात्रै प्रयोग गर्न उनको सुझाव छ ।

