बैतडीमा गड्यौला मल विक्रि शुरु गरिएको छ। बैतडीको सतबाँझस्थित सुख्खा फलफूल विकास केन्द्रले उत्पादन गरेको मल विक्रि गर्न थालेको हो। गड्यौला मल उत्पादन केन्द्र स्थापना गरेर मल उत्पादन गरी विक्रि कार्य शुरु गरेको सुख्खा फलफूल विकास केन्द्रका निमित्त प्रमुख डिल्लीराज भट्टले बताए।
सुख्खा फलफूल विकास केन्द्र सतबाँझको एरीयाभित्र गड्यौला मल उत्पादन स्थल निर्माण गरेर मल उत्पादन गर्ने गरिएको उनले बताए। गड्यौला मल उत्पादनका लागि धनगढीबाट गड्यौला ल्याएर उत्पादनस्थलमा राखिएको थियो।
मल उत्पादनस्थलमा झण्डै १५ क्विन्टल गड्यौला मल उत्पादन भएको सुख्खा फलफूल विकास केन्द्रका प्राविधिक सहायक अर्जुन खड्काले बताए। जिल्ला दररेट अनुसार प्रतिकेजी ४० रुपैंयाका दरले मल विक्रि गर्न थालिएको उनले बताए।