
कैलालीमा डेढ महिनादेखि बेपत्ता एक युवतीको शव फेला परेको छ। जिल्लाको लम्की चुहा नगरपालिका- ४ भल्काकी ३३ वर्षीया मन्जु रावलको शव मोहन्याल गाउँपालिका- ५ स्थित बाँसघारी सामुदायिक बनभित्र फेला परेको हो।

आइतबार शव फेला परेको प्रहरीले जनाएको छ। उनी जेठ २५ गतेदेखि बेपत्ता थिइन्।
