
नागरिकस्तरबाट चन्दा संकलन गरी डडेल्धुरामा स्थापना गरिएको पीसीआर मेसिन पूर्ण रुपमा सञ्चालनमा आएको छ । डडेल्धुरा उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा स्थापना गरिएको पीसीआर मेसिनमा हिजो परीक्षण गरिएका १३ वटा थ्रोट स्वावको नमूनाको रिपोर्ट नेगेटिभ आएको छ ।

उपक्षेत्रीय अस्पतालका प्रयोगशाला प्रमुख ईश्वरी भुसालले राति परीक्षण गरिएका नवदुर्गा गाँउपालिकाका नौ र अन्य चार वटा थ्रोट स्वावको नमूनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।
पीसीआर मेसिन सञ्चालनमा आएपछि यो यो पहिलो रिपोर्ट हो । ह्युमानिटी फाउण्डेस नेपाल र सुदूरपश्चिम समाज अमेरिकाले डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि सहयोग संकलन अभियान सञ्चालन गरेको थियो ।
