पीसीआर मेसिनका लागि एभरेष्ट बैंकका कर्मचारीहरुद्धारा आठ हजार पाँच सय रुपैया सहयोग
 
korona

डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि एभरेष्ट बैंक धनगढी शाखाका कर्मचारीहरुले आठ हजार पाँच सय रुपैया सहयोग गरेका छन् । डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि ह्युमानिटी फाउण्डेसन  नेपाल र सुदूर पश्चिम समाज अमेरिकाद्धारा आर्थिक सहयोग संकलन अभियानमा आठ हजार पाँच सय रुपैया सहयोग गरेका हुन् ।

यसअघि एभरेष्ट बैंकको प्रादेशिक कार्यालय र बझाङको सुर्मा, तल्कोट र चैनपुर, डोटीको दीपायल, शिखर, कैलालीको टीकापुर, लम्की, बौनिया, सुख्खड, अत्तरीया, कञ्चनपुरको महेन्द्रनगर, झलारी शाखाका कर्मचारीहरुले पीसीआर मेसिन स्थापनाका लागि ५० हजार रुपैया सहयोग गरिसकेका छन् ।

सामाजिक उत्तरदायित्व बहन गर्दै एभरेष्ट बैंकका कर्मचारीहरुले डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि सहयोग गरेको बैंकका प्रादेशिक प्रमुख सतिश सिंहले बताए । एभरेष्ट बैंक सुदूर पश्चिम प्रादेशिक कार्यालयले यसअघि पनि कोरोनाको रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारलाई सहयोग गरेको थियो ।