
धनगढीमा उपमहानगरपालिकाले आइतवारदेखि गर्मी बिदा दिएको छ। अत्याधिक गर्मी हुनथालेपछि उपमहानगरले शुक्रवार एक सूचना जारी गर्दै चार दिन बिदा दिएको हो।

वर्षे वा हिउँदे बिदाबाट मिलान हुने गरी बिद्यालय बन्द गर्ने निर्णय गरेको सूचनामा उल्लेख गरिएको छ। साथै दादुरा र रुबेला खोप लगाउन तोकिएको विद्यालयमा प्रभाव नपर्नेगरी बन्द गर्न समेत पालिकाले सूचनामार्फत विद्यालयलाई अनुरोध गरेको छ।
