
सुदूरपश्चिम प्रदेश सरकारले बाजुराको कोल्टी अस्पताल, दार्चुलाको गोकुलेश्वर अस्पताल ,डडेल्धुराको जोगबुढा अस्पताल र कैलालीको लम्कीचुहालाई प्रदेश स्तरीय अस्पताल बनाउने भएको छ ।

बुधवार प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभामा आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।
