
धनगढी उपमहकानगरपालिका वडा नम्बर १७ स्थित खुटिया नदीमा जैविक तटबन्धन गरिएको छ। धनगढी–१७ को खुटिया नदीले वर्षेनि सडक र खेतीयोग्य जमिन कटान गर्दै आएपछि उपमहानगरले जैविक तटबन्धन गरिदिएको हो।

अहिले जैविक तटबन्धनको काम जारी नै रहेको उपमहानगरले जनाएको छ। साथै धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा नाला अतिक्रमण गरेर भौतिक संरचना निर्माण भएको स्थानमा उपमहानगरबाट सुचीकृत बेरोजगार श्रमिकले काम गरिरहेका छन्।
उनीहरुले सामुदायिक आयोजनाहरुमा संलग्न भएर काम गर्दै आएको उपमहानगरपालिकाले जनाएको छ।
