
धर्तीको भु–स्वर्ग खप्तड गृष्म ऋतुमा फूल फूलेर ढकमक्क भएको छ । गृष्म ऋतुमा खप्तडको सुन्दरता थपिने गरेको छ । गृष्म ऋतुमा खप्तड घुम्ने उपयुक्त समय हो । त्यसको सुन्दरताले जो कोहीलाई लोभ्याउने गरेको छ ।

होटल व्यवसायी संघका सुदूर पश्चिम प्रदेश सदस्य दीपक बहादुर खड्का लेख्छन् ‘तपाईं न झुक्किनुहोस यो कुनै काल्पनिक पेन्ट होईन । सुन्दर सुदुर पश्चिमको स्वर्ग खप्तड हो । प्रकृतिको बगैचाले तपाईंहरुको प्रतिक्षा गरिरहेको छ ।’
